ग्लोबल आइएमई बैंकको ५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकको ५ वटा शाखा रहित बैकिङ सेवा संचालनमा आएको छ ।
बैंकले रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका – ३, इरिवाङ्गमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका – २, ठुलोगाँउमा १२३औँ, चैत्र १६ गते ईलाम जिल्लाको शुर्योदय नगरपालिका – १४, कट्टुसेमा १२४औँ, चैत्र १८ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका – ९, पत्थरगाडामा १२५औँ र चैत्र २० गते पाँचथर जिल्लाको हिलि गाँउगाउँपालिका – २, सिङ्गापुरमा १२६औँ शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।