“सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना, बैंकले दियो १० लाख



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाईसहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ ।

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले दस लाखको सहयोगजम्मा गर्ने निर्णय गरेको हो। साथै बैंक प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकाट गरेको छ ।

बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले आफुलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट“सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५”को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने जनाएको छ ।


क्लिकमान्डु