महालक्ष्मी लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको बैंकासुरेन्स सम्झौता



काठमार्डौं । एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।


क्लिकमान्डु