ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण



ग्लोबल आइएमई बैक लिमिटेडले विभिन्न ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जाप्रवाह गरीरहेको छ ।

यसै सन्दर्भमा बैंकको त्रिशुली शाखा, नुवाकोटवाटमा एक समारोहका बीच विभिन्न ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जावितरण गरे । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जार महिला उद्यमशिल कर्जा वितरण गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्नेर सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताएका छन् ।

उनले घरनबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घरनबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घरभएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने बताए ।

ग्लोबल आइएमइ बैंकले भूकम्प पिडितहरुको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिंदै आएको जानकारी दिँदैकर्जा लिनु मात्र उपलब्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सम्बन्धित ग्राहकहरुलाई बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले आग्रह गरे ।


क्लिकमान्डु