लगानी सम्मेलनको हयासटयाग #Investinnepal नम्बर वान ट्रेन्डिङमा
काठमाडौ । राजधानीको सोल्टी होटलमा लगानी सम्मेलन चलिरहेको छ । विदेशी लगानी भित्राउने कुम्भमेलाका रुपमा लिइएको उक्त सम्मेलनलाई भब्य बनाउन सरकार, निजी क्षेत्र र जनता लागि परेका छन ।
संसारभर सन्देश फैलाउने अभिप्रायले लगानी सम्मेलनलाई फेसबुक, टुइटरजस्ता सामाजिक सञ्जालमा लाइभ गर्ने र ह्यासट्याग राखी सूचना अपडेट गराउने व्यवस्था समेत गरिएको छ । लगानी सम्मेलनबारे आफ्ना धारणा राख्ने क्रममा टुइटर प्रयोगकर्ताहरुले समेत उक्त ह्यासट्याग अत्याधिक प्रयोग गरिरहेका छन न । फलस्वरुप नेपालमा अत्याधिक प्रयोग भएका ह्यासट्यागमा लगानी सम्मेलन सम्बन्धि रहेका छन । लगानी सम्मेलन सम्वन्धि ह्यासटयाग #Investinnepal अहिले टुइटरको नम्बर वान ट्रेन्डिङमा रहेको छ ।