नेशनल लाईफको ६० % हकप्रद र १३.५ % बोनस सेयर पारित, चुक्ता पुँजी ३ अर्ब बढी



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रस्ताब गरेको चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद र १३.५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न ३०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताब पारित गरेको हो ।

हकप्रद र बोनस सेयर पातिर भएसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँभन्दा बढी पुगेको कम्पनीकी अध्यक्ष प्रेमा सिंहले साधारणसभामा जानकारी गराईन् । साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ पनि पारित गरेको छ ।

अध्यक्ष सिंहले आर्थिक वर्ष २०७३/०७४ कम्पनीले गरेको प्रगतिको फेहरिस्त पनि सभालाई जानकारी गराइन् । उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले ५ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी १ अर्ब ६९ करोड रुपैयाँ दाबी भुक्तानी दिएको छ । सो वर्ष कम्पनीले रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिइन् ।

यसैगरी आर्थिक वर्ष २०७३/०७४ को अन्त्य सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बढेर १६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई द्दण्ठद्ध असार मसान्त सम्ममा १७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

कम्पनी आफ्नो शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउने तर्फ प्रयत्नशील छ । र, यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पारेको छ ।

सभामा अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्नेतर्फ कम्पनीको प्रयास केन्द्रित रहेको अवगत गराइन् ।

आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत उनले बताइन् ।


पुष्प दुलाल