माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र ल्याउने, निष्कासनको लागि एनएमबि क्यापिटलसँग सम्झौता



काठमाडौं । माछापुच्छ्रे  बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटल लिमिटेड बीच १०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर – २०८५ ऋणपत्र निष्कासनको लागि सम्झौता भएको छ ।

म्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार माछापुच्छ«े बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।


क्लिकमान्डु