सेयर ब्रोक्ररलाई मार्जिन ट्रेडिङको कारोबार गर्न स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन ट्रेडिङको काम गर्नको लागि धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिएको छ ।
राष्ट्र बैंकले निर्देशिका जारी गर्दै धितोपत्र व्यवसायीले गर्ने मार्जिन ट्रेडिङको कारोबार प्रचलिन कानून भित्र धितोपत्र बोर्डले दिने निर्देशन अनुसार हुने उल्लेख गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सिफारिसमा राष्ट्र बैंकले सेयर ब्रोक्ररलाई मार्जिन टे«डिङको कारोबार गर्नको लागि अनुमति दिने छ ।
अब स्टक एक्सचेन्जबाट ब्रोक्रर कम्पनीले सिफारिस लिएर मार्जिन ट्रेडिङको कारोबार गर्न अनुमति पाउने छन् । ऋण दिनुपर्ने भएको हुँदा मार्जिन ट्रेडिङको लागि राष्ट्र बैंकको सहमति आवश्यक थियो ।
राष्ट्र बैंकबाट अनुमति पाएपछि तोकिएको सीमामा धितोपत्र दलाल कम्पनीले मार्जिन ट्रेडिङको काम गर्न सक्नेछन् ।