राष्ट्र बैंकले किन बेच्दैछ नौ प्रकारका धातु ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ प्रकारका धातु बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी ती धातु बिक्री गर्न चाहेको जनाएको छ ।

बैंकको टक्सार महाशखामा रहेका निकले, कपर, क्यूप्रोनिकेल, म्याग्निज, पित्तल, जिंक, म्याग्नेसियम, डाई स्टिल, कार्बन टुल सि६ल जस्ता धातुहरु बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले ती धातु मौज्दात रहेसम्म हरेक साताको आइतबारदेखि बुधबारसम्म नै बिक्री गर्ने भएको छ ।

खरीदकर्ताले माग गरेको धातुको कायम हुने सम्पूर्ण रकम भुक्तानी गरेपछि टक्सार महाशखााले तय गरेको दिनमा बिक्री गरिने भएको छ ।

आवेदन गर्ने अवधिभित्र प्राप्त भएका आवेदन मध्ये पहिलो दिनअ ाएका आवेदकलाई पहिलो प्राथकितामा राखी क्रमैसँग माग अनुसारको धातु बिक्री गरिनेछ ।

बिक्री मूल्य भने बैंकले नेपाली बजार र भारतीय बजार मूल्यका आधारमा तोकिएको विधिबाट दैनिक रुपले निर्धारण गर्ने जनाएको छ । बैंकले निर्धारण गरेको मूल्यमा खरीद गर्न चाहेको धातुको कायम हुने रकमको २५ प्रतिशत आवेदन पेश गरेको मितिले ३ दिन भित्र अग्रिम रुपले जम्मा गर्नुपर्नेछ ।

अग्रिम रुपले प्राप्त गरेको रकमले खरीदकर्ताले कूल रकमले नपुग्ने भएका थप रकम समेत तिर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदकलाई मागका आधारमा समानुपातिक रुपले नै बिक्री गरिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु