एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट हुने




काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ ।

एक सयको संख्यामा बेडहरु भएको कलंकी स्थित नेपाल नेशनल हस्पिटलसँग बैंकले सम्झौता गरेको हो ।

एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु