गाईघाट र राजविराजमा कामना सेवा विकास बैंकका शाखा



काठमाडौं । कामना सेवा विकास बैंकले गाईघाट र राजविराज नगरपालिकामा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले हाल देशका विभिन्न भागहरुमा शाखा सहित ७७ वटा शाखा कार्यालयहरु तथा ३२ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु