प्रभु बैंकले १ अर्बको डिबेन्चर निष्कासन गर्ने



काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँको डिबेन्चर निष्कासन गर्ने भएको छ।

“प्रभु बैंक डिबेन्चर २०८६” १ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौं लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उ क्त कार्यको लागि प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भयो ।


क्लिकमान्डु