नेप्सेको टिएमएस प्रणालीमा पुनः समस्या



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीमा पुन: समस्या देखिएको छ । नेप्सेका अनुसार बुधबार पनि डाटा सेन्टरमा समस्या देखिएको छ ।

नेप्सेका अनुसार ब्रोकर प्रणाली (टिएमएस) होस्टिंग भएको डाटा सेन्टर (डाटा हब) को राउटर, फायरवालमा समस्या आएकोले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा लगइन हुन नसकेले कारोबार सुचारु हुन नसकेको जनाएको छ ।

नेप्सेले सूचना जारी गर्दै अहिले सकेन्डरी फायरवाल बाट प्रणाली सञ्चालन गर्नको लागि आवश्यक व्यवस्था भइरहेको जनाएको छ । नेप्सेले नट्स (नेप्से मा होस्टिङ भएको प्रणाली) मा कुनै समस्या नरहेको जनाएको छ ।


क्लिकमान्डु