नेपाल क्रेडिट एण्ड कमर्स बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता




काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा पोलिसी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।


क्लिकमान्डु