महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

सम्झौताबाट महालक्ष्मीविकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्तगर्न,बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबीभुक्तानी सहजै रुपमा प्राप्तगर्न सक्ने छन् ।


क्लिकमान्डु