महालक्ष्मी र सिदार्थ बैंकबीच सम्झौता



काठमाडौं ।  सिदार्थ बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवादिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्घार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मीलाईफ इन्स्योरेन्स लिको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

महालक्ष्मीलाईफले इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौंउपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरिन् ।


क्लिकमान्डु