प्रहरीले खोल्यो लगानीकर्ताले धितोपत्र बोर्डमा लगाएको ताला, निरज गिरी विरुद्ध नाराबाजी



काठमाडौं । सेयर बजारको विकासका लागि सरकारले गर्नु भनेका कामहरु पनि नगरेको भन्दै लगानीकर्ताहरुको समूहले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आइतबार बिहानै ताला लगायो ।

लगानीकर्ताले ताला लगाएपछि कर्मचारीहरु कार्यालय प्रवेस गर्न पाएका थिएनन् । कार्यालय समहघि प्रवेस गरेका ३ कर्मचारी अहिलेसम्म भित्रै थुनिएका थिए् ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्की कार्यालय नगई अर्थमन्त्रालय गए । धितोपत्र बोर्डले प्रहरीलाई खबर गर्यो । ललितपुरका डीएसपीको कमाण्डमा प्रहरी धितोपत्र बोर्ड आइपुग्यो ।

लगानीकर्ताहरु मेन गेटमा ताला लगाएर धर्नामा बसेका थिए । कर्मचारीहरु भने चौरतिर बसेका थिए ।

केही समय प्रहरी चुपचाप बस्यो । पछि माथिको आदेश भन्दै धर्नामा बसेका लगानीकर्ताहरुलाई जबर्जस्ती उठाउँदै प्रहरीले ताला फोडेको छ । प्रहरीले १२ः४५ मा ताला फोडेको हो ।

ताला फोडे पनि प्रहरीले बोर्डका कर्मचारीहरुलाई भित्र प्रवेस गराएको छ ।

बोर्डले प्रहरी लगाएर ज्यादती गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका छन् । लगानीकर्ताहरुले बोर्डका कार्यकारी निर्देशक निरज गिरी विरुद्ध नाराबाजीसमेत गरेका छन् । कार्यकारी निर्देशक गिरी घुम्नका लागि भारत गएका छन् ।

‘भ्रष्टाचारी निरज गिरी मुर्दाबाद,’ भन्दै अहिले लगानीकर्ताहरुले बोर्डको गेटअघि नाराबाजी गरिरहेका छन् ।

करिब ५ दर्जनको हाराहारीमा रहेका लगानीकर्ताहरु पुँजी बजारको विकासको बाधक धितोपत्र बोर्ड भएको भन्दै आफू निर्णयक आन्दोलनमा होमिएको बताएका छन् ।


पुष्प दुलाल