यी भाग्यमानी नेपाली व्यवसायी, जसले लगानी सम्मेलनमा प्रमुख बक्ता भएर बोल्ने अवसर पाए



काठमाडौं । यही चैत १५ र १६ गते सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब ६ सय जना लगानीकर्ताले नाम दर्ता गराएका छन् ।

तर, ५ दर्जनले मात्रै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालगायत आधा दर्जन मन्त्रीले सम्बोधन गर्दैछन् ।

सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापुर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ ।

सम्मेलनमा आउने नेपाली उद्योगीहरुमध्ये महिला भने दुई जना मात्रै रहेका छन् । महासंघकी अध्यक्ष राणा र द्वारिकाज ग्रुपकी संगिता श्रेष्ठ छिन् ।

सम्मेलनमा डेढ दर्जन नेपाली उद्योगी/व्यवसायीले सम्बोधन गर्ने कार्यक्रम छ । लगानी बोर्डले सार्वजानिक गरेको वक्ताहरुको सूचिमा नेपाल उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज बैद्य, प्रदिपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, सीएनआइका अध्यक्ष हरिभक्त शर्मा, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान, साझा यातायात पब्लिक ट्रान्सपोटेशनका अध्यक्ष कनकमणी दिक्षित छन् ।

त्यसैगरी, बिड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजिब शाक्य, पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, हाइड्रो सोलुसनका प्रवन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान छन् ।

त्यस्तै, सफल पार्टनरका प्रबन्ध निर्देशक आशुतोषा तिवारी, गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष अध्यक्ष भबन भट्ट पनि प्रमुख वक्ताका रुपमा रहेका छन् ।

सम्मेलनमा आउने नेपाली उद्योगीहरुमध्ये महिला भने दुई जना मात्रै रहेका छन् । महासंघकी अध्यक्ष राणा र द्वारिकाज ग्रुपकी संगिता श्रेष्ठ छिन् ।

व्यवसायीहरुले नेपालमा लगानी गर्दाको आफ्नो अनुभव सेयर मात्रै गर्ने छैनन् । विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण सहज भएको भन्दै लगानीका लागि आग्रहसमेत गर्नेछन् ।


पुष्प दुलाल