स्मार्टफोन रिभ्यूः सामसुङ ग्यालेक्सी S10 र S10 प्लसबीच यस्ता छन् समानता र भिन्नता



एन्ड्रोइड मार्केटमा सामसुङको हिस्सा निकै धेरै छ । कुनै समय एन्ड्रोइड क्षेत्रमा राज गरेको सामसुङसँग अहिले भने अन्य धेरै मोवाइल कम्पनीहरु प्रतिस्पर्धीका रुपमा उदाइसकेका छन् । जसले गर्दा मोवाइल बजारमा आफुलाई अव्बल सावित कायम गर्न सामसुङले विभिन्न मोडलका मोवाइलहरु उत्पादनमा जोड दिँदै आएको छ ।

पछिल्लो समय सामसुङले बनाएका धेरै मोडलहरुमध्ये एस सिरिज चर्चामा रहेका छन । तीनै एस सिरिजमध्ये पनि एस–टेन र एसटेन–प्लसलाई धेरैले प्रयोग गर्ने गरेको र चर्चा गरेको पाइन्छ ।

तर उस्तै उस्तै सुनिने यी दुई मोडलबीच के भिन्नता र समानता छन त ?

यस्ता छन् भिन्नता

यी दुई मोडलबीच भएका धेरै भिन्नतामध्येको एक हो आकार । एसटेन–प्लस मोडलमा ६.४ इन्चको डिसप्ले छ भने एस–टेनको डिसप्ले ६.१ इन्च रहेको छ ।

आकारको सवालमा एसटेन–प्लस भन्दा एस–टेनको आकार सानो भएकाले यो एउटै हातले चलाउन सजिलो हुन्छ । यी दुइ मोवाइलको तौलमा पनि केहि फरकपन भेटिन्छ । एस टेनको तौल १५७ ग्राम छ भने एस टेन प्लसको तौल १७५ ग्राम रहेको छ ।

मोवाइल छनौट गर्दा मोवाइल प्रयोगकर्ताले विशेष ध्यान दिने अर्को पक्ष हो मोवाइलको ब्याट्री । एसटेन–प्लस तुलनात्मक रुपमा ठुलो छ र यसको ब्याट्री पनि हल्का ठुलो रहेको छ जसको क्षमता ४१०० एमएएच रहेको छ । जबकी एस–टेनमा जम्मा ३४०० एमएएच क्षमताको ब्याट्री हुन्छ ।
यसरी ब्याट्री क्षमताको कोणबाट हेर्दा एसटेन–प्लस नै राम्रो मानिन्छ । क्यामराको सवालमा भने यी दुबै मोडलमा दुइवटा फ्रन्ट फेसिङ क्यामरा रहेका छन् ।

के छन त यी दुई फोनका समानता ?

दुई मोडलका मोवाइलमा भएका समान विशेषता के छन त ? यो आम मोवाइल प्रयोगकर्ताको चासोको विषय बन्छ । यी दुई मोवाइलमा भएका समानतामध्ये एक हो, स्यान्डवीच डिजाइन ग्लास ।

त्यसैगरी दुबै मोडलमा अल्ट्रासोनिक फिङगरप्रिन्ट रहेको छ । मोवाइलको विशेष विशेषताकाका रुपमा हेरिने प्रोसेसर पनि समान रहेको छ । कलर, एङगल र व्राइटनेसकाका सन्दर्भमा यी दुई मोडलमा भएको स्क्रिन बजारमा पाइने मोवाइलहरुको स्क्रिनमध्ये सर्वोत्कृष्ट मानिन्छ ।

प्रयोगका सन्दर्भमा सानो आकार भएकाले एस टेस सजिलो मान्ने गरेको पाइन्छ । सामसुङको वाइड एङगल क्यामेराको लेन्सले १२३ डिग्री ओगटछ जबकि बजारमा पाइने एलजी, हवाएहरुले मात्र १०७ डिग्री कभर गर्दछन् ।

एस टेनमा १६ मेगापिक्सलको क्यामरा छ । एसटेन–प्लससमा डेप्थ सेन्सर सहितको एक्ट्रा फ्रन्ट फेसिङ क्यामरा रहेको छ । ४१०० एमएच क्षमताको ब्याट्री भएका कारण एसटेन प्लसलाई दिनभर चलाउन मिल्ने मोवाइलका रुपमा लिइएको छ ।

तर एस –टेनको ब्याट्री क्षमता ३४०० एमएएच क्षमता भएकाले यसलाई दिनभर ढुक्कसँग चलाउन प्रयोगमा ख्याल गर्नुपर्ने देखिन्छ । (फोर्ब्स म्यागेजिनबाट)


पुष्प दुलाल