५० लाख नगद पुरस्कार रहेको ‘नेपाल लोक स्टार’को बजार प्रवर्धन एड प्याडले गर्ने



काठमाडौं । विज्ञापन एजेन्सी ए एन एस प्रालिको सहायक कम्पनी एड प्याड प्रालिले चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारको बजार प्रवर्धन तथा बिक्री वितरण गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एड प्याडका निर्देशक सरोज बस्नेत र चाहाना मिडियाका तर्फबाट अध्यक्ष सहदेव कोइरालाले गरे ।

नेपाल लोक स्टार नेपाली मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमका निर्णायक मण्डलमा बहुप्रतिभाशाली जय नन्द लामा, बिबि अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्ष्या खड्का र लोक गायक अशोक धिताल रहेका छन् ।

निकै रोमान्चक ढंगले आयोजित सोकार्यक्रममासाइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ । नेपाल लोक स्टार नेपालकै पहिलो एचडि र आधुनिक प्रबिधि युक्त च्यानल एपी वान एचडीमा यही २०७६ साल जेष्ठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार प्रशारण गरिने छ ।

यस कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो बिजेताहरुलाइ क्रमश दश लाख, पच्चिस लाख र पचास लाख नगद पुरष्कार प्रदान गरिनेछ ।

नेपालको लोक संगीत र कला लोप हुनबाट बचाउन यस कार्यक्रमको प्रमुख उदेश्य रहेको साथै नेपाल लोक स्टार अहिलेसम्मकै ठुलो सेट डिजाइनमा सबैभन्दा बढी सहभागीहरु समेटी सातै प्रदेशबाट विभिन्न कार्यक्रम सहित उक्त टेलिभिजनमा प्रस्तुत गरिने छ ।


पुष्प दुलाल