कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

दुईपक्षबीच भएको उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका हुन ।

यस सम्झौताबाट कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै सेवाग्राहीहरुले बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु