प्रभु बैंकले खोल्यो बिराटनगरको तिनपैनीमा शाखा



बिराटनगर । प्रभु बैंकले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा शाखा खोलेको छ ।

बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्यव्यवस्थापक विनोद राज आचार्यले उद्घाटन गरे ।

बैंकको तिनपैनीशाखाकार्यालयउद्घाटन कार्यक्रमको अवसरमामोरङ्गजिल्लास्थितविभिन्न, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीयव्यापारी, बुद्धिजिवी सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचायले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।


क्लिकमान्डु