केमिकल रङ्गले हानी गर्छ, यसरी घरमै बनाउनुहोस् होली खेल्ने रङ्ग




काठमाडौं । होली रंगहरुको पर्व हो । एकआपसमा रंग छर्केर र दलेर रमाइन्छ होलीमा । होलीकै लागि लक्षित गरेर विभिन्न कम्पनीहरुले रंग उत्पादन गर्ने गरेका छन् ।

यसरी व्यावसायिकरुपमा उत्पादन गरिएको रंगमा केमिकल हुन्छ । जसकारण होलीमा यस्ता केमिकलयुक्त रंगको प्रयोग स्वास्थ्यका लागि हानिकारक बन्नसक्छ ।

तर, तपाईंलाई असर नगरोस् भनेर घरमै हर्बल रंग तयार गर्ने उपाय हामी सिकाउँदै छौं । जसकारण तपाई घरमै रंग बनाएर आफ्ना आफन्तहरुसँग होली खेल्न सक्नुहुनेछ । र, यसले तपाई र तपाइको परिवारलाई कुनै असर पार्ने छैन् ।

१. बैजनी रंगः बैजनी रंग तयार पार्नको लागि सुरुमा पलाहको फूल आवश्यक पर्ने हुन्छ । यो फुललाई रातभर पानीमा भिजाएर राख्नुभएमा सुन्दर बैजनी रंग पाउन सक्नुहुनेछ ।

भगवान श्री कृष्ण पनि पलाँसको फूलको प्रयोग गरेर होली मनाउने गर्थे भन्ने कथन रहेको छ । पलाँको रंगलाई होलीमा परमपरागत रुपमा प्रयोग गरिने गरेको मानिन्छ । फूललाई रातभर पानीमा भिजाउने बाहेक त्यसलाई उमालेर पनि बैजनी रंग बनाउन सकिन्छ ।

२. सुन्तला रंगः सुन्तला रंग बनाउनको लागि बेसारको पात प्रयोग गर्न सकिन्छ । बेसारको बिरुवाको केही पातहरुमा २ चम्चा पानी हालेर पिसेर केही घण्टा छोडिदिनुहोस् । त्यसपछि उक्त पेस्टलाई ताजा पानीमा मिसायर यसलाई प्रयोग गर्न सकिन्छ । बेसारलाई पानीमा मिसायर पनि रंग बनाउन सकिन्छ ।

३. निलो रंगः निलो रंग तयार गर्नका लागि जकरन्दाको नीलो फूलको प्रयोग गर्नुहोस् । यो फूललाई सुकायर यसलाई सेतो पिठोमा मिसाउनुस् । यसबाट निलो होली रंग बन्ने छ ।

४.कालो रंगः कालो रंग बनाउन असाधै सजिलो रहेको छ । कालो अंगुरको जुसलाई पानीमा मिसायर थोरै बेकिङ सोडा मिसायर कालो रंग तयार गर्न सकिन्छ ।

 ५. रातो रंगः रातो रंग बनाउनका लागि सबैभन्दा पहिला रातो अनारको पाउडर आटामा मिसाउनुहोस । यो बाहेक अनारको दानालाई पानीमा मिसायर उमालेर पनि रातो रंग तयार पार्न सकिन्छ ।

६. हरियो रंगः हरियो रंग बनाउन हरियो बिरुवाहरुले बनाउनु सजिलो हुन सक्छ । धानको बिरुवा, पुदिना, धनिया र पालुङको पातहरु पिसेर या तयसलाई पानीमा उमालेर हरियो रंग बनाउन सकिन्छ ।

७. गुलाबी रंगः गुलाबी रंग बनाउनका लागि बिट्रोटको सहयोग लिन सकिन्छ । एक किलो बिट्रोटलाई काटेर एक लिटर पानीमा राखेर रातभर छाड्नुहोस् । त्यसपछि यसबाट गुलाबी रंग बन्ने छ ।


पुष्प दुलाल