भायनेटको नयाँ शाखा भैरहवामा




काठमाडौं । इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले नयाँ शाखा भैरहवामा संचालनमा ल्याएको छ । नयाँ सडक, भैरहवामा अवस्थित १२ औं शाखालाई उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्घाटन गरेका हुन ।

विगत १९ वर्षदेखि भायनेटले ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडि च्यानल सहित २३० वटा च्यानल भएको नेट टिभिसँग साझेदारी गरेकाे थियाे ।

भायनेटले ३६५ दिन नै ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्छन ।


क्लिकमान्डु