यी युवती जो आफ्नै बलबुँताले खर्बपति बने



काठमाडौं । सम्पत्ति कामाउन सजिलो छैन । त्यो पनि हाम्रोजस्तो समाजमा युवा अवस्थामै युवतीहरुले खर्बौं कमाउने विषय त निकै टाढाको कुरा हो ।

तर, विकसित देशका युवतीहरु भने युवा अवस्थामै आफ्नै पौरखले खर्बौं कमाउन सफल हुन्छन् । किनभने त्यो समाज हाम्रोभन्दा निकै धेरै अघि बढिसकेको छ । आज हामीले केही युवती खर्बपतिहरुको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

एलिजाबेथ होल्मेस 

३४ बर्षीय सुन्दरी एलिजावेथ होल्मेससँग ४ अर्ब ५० करोड विलियन अमेरिकी डलर छ । एक समय धनीको समचार लेख्ने पत्रिका फोब्र्सले होल्मेसलाई आफ्नै बलबुतामा बनेकी अमेरिकाको धनी महिलाको सूचीमा शीर्ष स्थानमा राखेको थियो । त्यस समय होल्मेसको ९ विलियन अमेरिकी डलर थियो । उनले रगत जाँच्ने कम्पनी त्थिरोनस्बाट सो सम्पत्ति जोडेकी हुन् ।

मारी बेस्नियर ब्युभाल्ट

मारी बेस्नियर ब्युभाल्ट फ्रान्सकी धनी सुन्दरी हुन् । ३८ बर्षीय सुन्दरी ब्युभाल्टसँग २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनको सम्पत्तिको अधिकतम हिस्सा लेक्टेल कम्पनीको सेयरको हिस्सा हो । प्रेसिडेन्ट ब्राइ चिजको कारण उनको कम्पनी प्रख्यात छ ।

सेरा सवेन्सी
सेरा सवेन्सीसँग१ अर्ब १ करोड अमेरिकी डलर छ । ४२ बर्षीय सेरा टर्कीको साबान्सी होल्डीङको लगानीकर्ता र बोर्ड मेम्बर हुन् । उनी टर्कीको २८औं धनी व्यक्ति पनि हुन् । उनी अर्थशास्र्थकी विद्यार्थी हुन् ।

होली ब्रानसन्

होली ब्रान्सन् ब्यापारी रिचर्ड ब्रान्सनको छोरी हुन् । ३६ बर्षीय सुन्दरीसँग ३ अर्ब ८ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनी चेल्सी तथा वेस्टमिनिस्टर हस्पिटलको न्यरोलोजी डिर्पाटमेन्टमा काम गर्छिन् ।

पेरिना केइ

पेरिना केइ चीनको चर्चित व्यपारी हुन् । २८ बर्षीय सुन्दरी केइसँग १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनले लण्डबाट अर्थशास्र्थमा स्नातक उत्र्तीण गरेकी हुन् । उनीसँग लोगन प्रोपर्टी होल्डीको ८५ प्रतिशत सेयर छ । उनी कम्पनीको नन् एक्जुकेटीभ डाइरेक्टर पनि हुन् ।

हाङ युयिन

विश्वका धनी महिलाको पाचौं स्थानमा चीनकी हाङ युयिन छन् । उनको सम्पत्ति २१ अर्ब ९० करोड अमेरिकी डलर छ । रियलस्टेट व्यवसायी हुयिनलाई आफ्नो बाबुबाट पारिवारिक विरासतमा व्यवसाय मिलेको हो । ३६ वर्षे हुयिनका पिताले रियलस्टेट व्यवसायको सुरुवात गरेका थिए । उनले सन् २००७ मा कम्पनीको सेयर पाएकी हुन् ।


पुष्प दुलाल