चन्द्रगढी र उर्लाबारीमा प्रभु बैंकका शाखा सञ्चालनमा




काठमाडौ । प्रभु बैंकले झापा जिल्लाको चन्द्रगढी नगरपालिका र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिकामा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहकाबीच उदघाटन गरेका हुन । त्यसैगरी मोरङ्ग जिल्लास्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुद्घाटन गरेका हुन ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
आजदेखि सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु