शिखर सुजको समर सेल , ७० प्रतिशतसम्म छुट पाइने



काठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने छन् ।

शिखरले समर सेलका अबसरमा जुत्तामा ७० प्रतिशतसम्म छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु