सेञ्चुरी बैंकको नयां शाखा अछामको चौरपाटीमा



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा न्याँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो ।

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु