व्यवसायिक सुरक्षा र लगानी सम्मेलनबारे व्यवसायि र प्रचण्डबीच छलफल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल
“प्रचण्ड” समक्ष उनको निवास खुमलटारमा भेटघाट गरेको छ ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहनु भएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरायो ।

प्रतिनिधिमण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भइरहेको बताए । लगानी सम्मेलन नजिकि“दै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उनले जानकारी गराए ।

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनुहु“दै व्यवसाय संचालनमा समस्या भइरहेको बताए । भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राख्नु भएको थियो ।

सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भैरहेको जानकारी गराए । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउदै व्यवसायीहरूको नोक्सानीको क्षतिर्पूित दिलाउनका लागि पनि सरकारस“ग छलफल गर्ने आश्वासन दिएका छन ।


क्लिकमान्डु