लिलामीको सेयर किन्दै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस्



यति बेला सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धेरै चासो सामान्यतया बढी नै रहेको छ । लगानीकर्ताहरुले साधारण सेयरका साथै दोस्रो बजारमा जति चासो दिने गरेका थिए सोहि अनुपातमा नभएपपनि लिलामी (अक्शन)को सेयर तर्फ चासो दिने लगानीकर्ताहरुको संख्या पनि विस्तारै बढ्दै जान थालेको छ ।

तर लगानीकर्ताहरुले लिलामीमा राखेको विभिन्न कम्पनीहरुको सेयर खरिद गर्दा आवश्यक कागजातहरुको व्यवस्थापन नगर्दा भने विभिन्न समस्या भोग्ने गरेका छन् । यसका लागि सबै लगानीकर्तामा यसको प्रकृयाको बारेमा जानकारी हुन आवश्यक छ । राम्रोसँग जानकारी नराख्दा कतिपय अवस्थामा आवेदन रद्व हुने पनि गर्न थालेको छ ।

सेयर निष्काशनका लागी तोकिएको समय भित्रमा सबै सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा,राइट सेयर पूर्ण रुपमा खरिद नभएमा उक्त सेयर बोलकबोल मार्फत बिक्री गरिन्छ । बालकवोल अर्थात लिलामीका सेयरहरु छोटो समयका लागि बिक्री खुल्ला गरिन्छ ।

बोलकवोलमा सबैभन्दा बढी मुल्य कबोल गर्ने लगानीकर्ताहरुलाई नै माग गरे बमोजिमको सेयर उपलब्ध गराइन्छ । यदि दुई वा बढी लगानीकर्ताहरुले एउटै मुल्य राखी कबोल गरेको आवस्थामा दुबैलाई मिलाएर सेयर बाँडफाँड गरिन्छ ।

सेयर नपरेका लगानीकर्ताहरुलाई रकम फिर्ता गरिन्छ । उक्त समय अवधिसम्मको रकम होल्ड हुँदा उक्त रकममा कुनै पनि ब्याज उपलब्ध गराइँदैन् ।
लिलामीको सेयर खरिद गर्ने आवेदन फारम कम्पनीले नियुक्त गरेको बिक्री प्रबन्धको कार्यालयबाट प्राप्त गर्न सकिन्छ । अथवा सम्बन्धित कम्पनीको कार्यालयबाट, आवेदन संकलन केन्द्रबाट प्राप्त गर्न सकिन्छ ।

लिलामीको सेयर भर्ने, बाँडफाँड हुँने र रकम फिर्ता हुँने समय निकै छोटो हुन्छ ।
लगानीकर्ताले सम्बन्धित कम्पनीबाट बिक्री प्रबन्धक मार्फत सिधै सेयर खरिद गर्ने भएकाले ब्रोकर कमिशन र सेबोन कमिसन तिर्नु पर्दैन । लिलामीको सेयरहरु आइपीओको सेयर भन्दा केही समय छिटो बजारमा आउने छ । वा नेप्सेमा सूचिकृत हुने गर्दछ । दोस्रो बजारबाट एकै पटकमा धेरै कित्ता सेयर खरिद गर्न गाह्रो हुने गर्दछ । त्यसैले एकै पटकमा ठूलो परिमाणमा सेयर खरिद गर्न चाहेमा लिलामीको सेयर आवेदन गर्न सकिन्छ । लिलामीबाट सेयर खरिद गर्दा बजार मुल्य भन्दा केही रकम सस्तो मूल्यमा पाइन्छ ।

आइपिओमा आवेदकले अनलाईनमार्फत केही मिनेटमा घरबाट आवेदन दिन सक्छन् तर लिलामीको प्रक्रिया भने पुरानै पद्धतीबाट भइरहेको छ । यसले गर्दा लिलामी आवेदकले धेरै समय खर्चिनु पर्ने बाध्यता रहेको छ । साथै आवेदन नपरेको खण्डमा लगानीकर्तालाई केही कम्पनीले चेक दिने हुँदा चेक साट्ने झन्झट पनि कायमै छ ।

लेखकः कमल पन्थी

अवशन सेयरमा लगानी गर्ने सेयर मार्केटको राम्रो ज्ञान हुनुपर्ने देखिन्छ । पछिल्लो समय केही आवेदकले बजारमा पाइएको मुल्य भन्दा बढी मूल्यमा अक्सनमा बोलकबोल गरेको पाइएको छ । यो सरासर मुर्खता हो । तसर्थ: सेयर बजारमा प्रवेश गर्नुु पुर्व मार्केटको सामान्य ज्ञान लिनु आवश्यक छ ।

लगानीकर्ताको सबैभन्दा ठूलो जिज्ञासा भनेको लिलामीको सेयरलाई कति मुल्य राख्दा उचित हुन्छ भन्ने नै हो । हिजो आज जति अक्शनमा सेयर बिक्रस्मा आएका छन्, अहिलेको यही ट्रेन्डलाई राम्ररी हेर्ने हो भने प्रायले कम्पनीको सोही दिनको बजार मूल्यको ८० देखि ९० प्रतिशत बोली लगाएका लगानीकर्ताहरु प्राय सफल भएको देखिन्छ । कम्पनीको अवस्था हेरेर ८० देखि ९० प्रतिशत सम्म बोली लगाउँदा सफल हुने सम्भावना रहन्छ ।

(लेखकः कमल पन्थी सेयर लगानीकर्ता हुन्)


क्लिकमान्डु