किन बस्नुहुन्छ बेरोजगारः ३ लाख मै सुरु गर्न सकिन्छ यी व्यवसाय !



काठमाडौं । बेरोजगार भएर बस्नु भन्दा केही न केही नयाँ काम गरौं र केही नयाँ सोचका साथ काम गरौं भन्ने चाहना सबैको हुन्छ । धेरैले आफू नै आफ्नो व्यापार तथा व्यवसाय गर्न चाहन्छन् । तर कतिपय अवस्थामा पैसाको अभाव समेत हुन सक्छ । ऋण दिने संस्था पाउन पनि मुस्किल पर्न सक्छ । सानो–सानो लगानीबाट पनि राम्रै कमाइ हुन सक्छ । मात्रै सोच र चाहना आवश्यक पर्दछ ।

सोच ठूलो राख्दै काम गर्ने दृढ इच्छा शक्ति राखियो भने सानो पूँजीबाट पनि राम्रै व्यापार व्यवसाय गर्न सकिन्छ । यहाँ ३ लाख २० हजार बराबरको लगानीमा गर्न सकिने ४ वटा व्यापारिक सोचको बारेमा चर्चा गर्ने जर्मको गरिएको छ ।

पैसा नभएका कारण व्यापार सुरु गर्न समस्यामा परेका धेरै युवा तथा युवतीलाई यस्तो योजनाले काम गर्न सक्छ । धेरैलाई सानो लगानीमा पनि व्यापार तथा व्यवसाय गर्न सकिन्छ र भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । तपाईले सानो अर्थात् ३ लाख बराबरको लगानीमा पनि व्यवसाय गर्न सकिन्छ भन्ने थाहा पाएपछि तपाईको ध्यान समेत त्यसतर्फ केन्द्रित हुन सक्छ । जुन व्यवसायको बारेमा हामी बताउँछौ ।

२ लाख ६५ हजारमा हुन्छ व्यापार

सबैको घरमा आवश्यक पर्ने मसलाको व्यापार २ लाख ६५ हजारमा गर्न सकिन्छ । मसला उद्योग खोल्न सानो पूँजी भएपनि हुन्छ । हरेक घरमा मसला त आवश्यक परी नै हाल्छ । सरकारले साना व्यवसाय कर्जा समेत न्यून व्याजदरमा दिने व्यवस्था गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको नजिकको शाखाबाट पनि साना व्यवसाय कर्जा लिने व्यवस्था गरिएको छ । साना व्यवसाय गर्न चाहेनका लागि यो एउटा उत्तम उपाय हुन सक्छ । किनकी साना व्यवसायका लागि धितो समेत राख्नु पर्दैन । तपाईको धितो भनेकै तपाईको उद्योग हुने भएकाले मसलाको व्यापार सहजै गर्न सकिन्छ ।

गोलभेडाको सस बनाउने उद्योग

सानो तथा थोरै लगानीमा उद्योग व्यवसाय गर्न चाहनेका लागि टमाटरको सस बनाउने उद्योग पनि उपयुक्त विकल्प हुन सक्छ । देशभित्रै धेरै गोलभेडाको उत्पादन भइरहेको छ । बजार भाऊ नपाएर गोलभेडा सडकमा फाल्नुपर्ने अवस्था आएको छ । यो सन्दर्भमा शहरी तथा शहरोन्मुख क्षेत्रमा गोलभेडाको सस बनाउने उद्योग स्थापना गरे त्यसबाट राम्रो फाइदा लिन सकिन्छ । केही बैंक तथा वित्तीय संस्थाले सरल र सहज कर्जा समेत उपलब्ध गराउने गरेका छन् । त्यसबाट पनि फाइदा लिन सकिन्छ । करिब ३ लाख रुपैयाँमा त्यस्तो उद्योग स्थापना गर्न सकिन्छ । गुणस्तरमा ध्यान दिने र राम्रै व्यवस्थापन गर्न सकिए उक्त उद्योगबाट वार्षिक चार लाख भन्दा बढी कमाउन सकिन्छ ।

आयुर्वेद औषधी उद्योग

नेपालको पहाडी तथा हिमाली क्षेत्रमा असंख्य जडीबुटी पाइन्छन् । त्यसको उचित बजार विस्तार तथा व्यापारीकरणm बजारीकरण भने हुन सकेको छैन । यस्तो अवस्थामा आयुर्वेदको उद्योग समेत स्थापना गर्न सकिन्छ । मात्रै उद्योग स्थापनाका लागि तपाईले पहल गर्नजरुरी हुन्छ । साना कर्जाको रुपमा बैंक तथा वित्तीय संस्थाबाट पनि ऋण लिन सकिन्छ । गुणस्तरमा ध्यान दिएको खण्डमा सो उद्योगबाट पनि राम्रो कमाइ गर्न सकिन्छ । मात्रै प्रचार र गुणस्तरमा ध्यान दिनु आवश्यक हुन्छ ।

कुटानी, पिसानी मिल

नेपालको धेरै जसो स्थानमा पछिल्लो समयमा विद्युत् सेवा पुगेको छ । त्यसलाई नै अवसर बनाएर राम्रो व्यापार तथा व्यवसाय समेत गर्न सकिन्छ । राम्रा मेशिन ल्याउने र आफै खट्ने हो भने सो व्यवसाय समेत राम्रो आम्दानीको स्रोत बन्नसक्छ । सबैले धान कुट्ने, मकै कोदो जस्ता सामग्री समेत पिध्नुपर्ने भएकाले यो व्यवसाय समेत थोरै पैसामा गर्न सकिने व्यवसाय हो ।


क्लिकमान्डु