क्लियरिङ्ग हाउसका सीइओको कार्यकाल चार वर्ष थप



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले प्रुमख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको पदावधि चार वर्षको लागि थप गरेको छ ।

क्लियरिङ्ग हाउसको १२३ औं सञ्चालक समितिको बैठकले चैत्र १ देखि लागु हुने गरी आगामी चार वर्षको लागि पदावधि थप गरेको हो । प्रधान क्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् ।

काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ ।

राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।

क्लियरिङ्ग हाउसले हाल एनसिएचएल–ईसीसी, एनसिएचएल–आईपीएस र कनेक्ट आईपीएस, इपेमेन्ट प्रणाली संचालन गर्दै आएको छ । दैनिक औसत कारोबार रकम ३५ अर्ब रुपैयाँ रहेको छ । यसमा ८० सदस्य बैंकका ४ हजार ५ सय भन्दा बढी शाखा सञ्चालनमा आवद्ध रहेका छन् ।


क्लिकमान्डु