२० हजार सरकारी जागिर खुलाउने सामान्य प्रशासनमन्त्री पन्डितको घोषणा
जनकपुर । सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले सरकारी कर्मचारीको अभाव पुरा गर्न १५ देखि २० हजार कर्मचारी भर्नाको तयारी सुरु भएको जानकारी दिएका छन् ।
कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले चाडै आवेदन माग्ने तयारी भएको र कर्मचारी समायोजनको काम १५ दिनभित्र सकिने जानकारी दिए ।
जनकपुर पुगेका मन्त्री पन्डितले पत्रकार सम्मेलनमा सिके राउतसँग भएको सहमतिको विषयमा राउतले सहमति अनुसार काम नगरेमा सरकार कडा हुने बताए ।