बढी फाइदा कमाउने सोचमा हुनुहुन्छ ? सेयर बजार र बण्डमा गर्नुस् लगानी



काठमाडौं । जीवनमा सफल हुन र धेरै पैसा कमाउन के गर्नुपर्ला ? धेरैमा यस्तै चासो हुन्छ । सामान्य मान्छेदेखि असाध्यै धनी मान्छेहरु समेत बढी भन्दा बढी कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेका हुन्छन् ।

सामान्य मान्छेदेखि ठूला धनी मान्छेले समेत लगातार आफ्नो सम्पत्ति बढाउन चाहन्छन् । उनीरुले हरेक दिन यही विषयलाई पछ्याइरहेका हुन्छन् । एक विवरण अनुसार भारतका सबैभन्दा धनीले समेत आफ्नो खर्च घर जग्गाको कारोवार तथा सुनको तुलनामा सेयर बजार तथा बन्ड मार्केटमा लगानी गर्ने गरेका छन् । उक्त विवरणमा बताइए अनुसार अन्य सामान्य क्षेत्रमा लगानी गर्नु भन्दा सेयर बजार वा बन्ड मार्केटमा लगानी गर्नेको बढी कमाइ हुने गरेको छ ।

विवरणअनुसार त्यस्तो क्षेत्रमा लगानी गर्नेको कमाइ ३ करोड डलर बढी हुने गरेको छ । नाइट फ्रेंकको सम्पत्ति विवरणअनुसार २०१९ मा भारतका धनीले ३० प्रतिशत पैसा सेयर बजारमा, २८ प्रतिशत बन्डमा र २४ प्रतिशत रकम घर जग्गाको कारोवारमा लगाइएको पाइएको छ ।

सूनमा भने ४ प्रतिशत मात्रै लगानी हुने गरेको छ । सन् २०१८ मा भारतका धनीहरुले सेयर बजार तथा बन्ड मार्र्कटमा बढी भन्दा बढी लगानी गरेको पाइएको छ । सबैभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी भएको खण्डमा मात्रै बढी मात्रामा नाफा र बढी पैसा कमाउन सकिन्छ भन्ने देखाएको छ ।


क्लिकमान्डु