एनएमबि बैंकले तीन अर्बको ऋणपत्र जारी गर्दै, कति दिन्छ ब्याज ?



काठमाडौं । एनएमबि बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ‘एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो, जसको प्रति कत्तिा एक हजार रुपैयाँ पर्दछ ।

जारी गर्न लागेको ऋणपत्र मध्ये सर्वसाधारणले ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन भने ६० हजार कित्ता म्युचुअल फन्ड र १८ लाख कित्ता बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।

ऋणपत्रमा फागुन ३० देखि चैत चार गतेसम्म आवेदन दिन सकिने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । चार गतेसम्म माग अनुसार आवेदन नपरेको खण्डमा चैत १४ गतेसम्म आवेदन दिन सकिने सिद्वार्थले जनाएको छ ।

यसको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । ऋणपत्रले लगानी जोखिम कम रहेको रेटिङबाट देखिएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ ।


क्लिकमान्डु