शिवम सिमेन्टको सिईओमा सजन देवकोटा नियुक्त



काठमाडौं । शिवम सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सजन देवकोटा नियुक्त भएका छन् । करिब ४ वर्षदेखि शिव्ममा आवद्ध उनलाई चैत १ गतेदेखि लागु हुनेगरी सिईओमा नियुक्त गरिएको बताइएको छ ।

देवकोटालाई शिवमको सञ्चालक समितिको ५१ औं बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी सिईओमा नियुक्त गरिएको जनाइएको छ । देवकोटा लामो समयदेखि विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुमा आवद्व थिए । उनी नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप र शिवम सिमेन्टस्मा समेत काम गरेका छन् ।

देवकोटाको कार्यकालमा कम्पनीले थप उचाईमा पुग्ने र नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सफल हुने विश्वास लिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देवकोटाको लामो व्यवस्थापकीय कार्य अनुभव, कार्य कुशलता तथा टिमवर्क प्रतिको विश्वासनीयताको उपयोगबाट कम्पनीले लिएका समग्र लक्ष्यहरु सहजै हासिल होस भन्ने अपेक्षा रहेको शिव्मले जनाएको छ ।

शिवम् सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापना भएर अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ । साथै शिवम्ले हालै साधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।


क्लिकमान्डु