सेबोनका अध्यक्ष कार्की लगानीकर्ता विरुद्ध लागेको भन्दै आठ दिने आन्दोलनको घोषणा



काठमाडौं । सेयर लगानीकर्ता दबाद समूहले उठाएको विभिन्न मागलाई सरकार तथा नियमनकारी निकायले बेवास्था गरेको भन्दै आठ दिने आन्दोलनको घोषणा गरेको छ ।

दबाब समूहले आफ्नो सम्पतिको सुरक्षाको संवैधानिक हकलाई आत्मासाथ गर्दै निर्णायक आन्दोलनमा उत्रने निर्णय गरेको जनाएको छ । दबाब समूहले उठाएको माग पुरा गर्नु भन्दा पनि नियमनकारी निकाय धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की आफै लगानीकर्ता विरुद्व षडयन्त्रमा लागेकोले आन्दोलनमा जानुको विकल्प नभएको समूहको ठहर छ ।

दबाब समूहले घोषणा गरेको अन्दोलनका कार्यक्रममा चैत ९ गते पुँजी बजार विरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पुँजी बजारको बारेमा अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने रहेका छन् ।

सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावका केही बुँखा कार्यान्वयन गरिए पनि अधिकांश बुँदाहरु कार्यान्वयनमा नआएको प्रति समूहले आपत्ति जनाएको छ ।


क्लिकमान्डु