सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकका सुधार देखिएको छ । निरन्तर ओरालो लागेको बजारमा सोमबार दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि बढोत्तरी भएको छ ।

यो दिन कारोबार मापन गर्ने सूचक १४.२८ अंकले बढेर परिसूचक १ हजार १४२.९३ बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१३ अंकले बढेर २४३.२६ बिन्दुमा रोकिएको छ ।

१७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता सेयर ४० करोड २८ लाख ४० हजार २१३ रुपैयाँमा किनबेच भएको छ । ११ उपसमूहको कारोबारमा अन्य समूहको १.६२ अंकले घटेको छ भने बाँकी समूहको कारोबारमा सुधार देखिएको छ ।

यो दिन सबै भ्रन्दा बढी निर्जीबन बीमा समूहको ७९.७२, जलविद्युत समूहको २७.९७, बैंकिङ समूहको १७.१८, माइक्रोफाइनान्स समूहको १४.२३ अंकले बढेको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । नेपाल लाइफको २ करोड ८९ लाख ८६ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक, प्रभु बैंक रहेका छन् ।

बजारमा दोहोरो अंकका सुधार आँउदा नाग्दी ग्रुप पावर, कञ्चन डेभलपमेन्ट बैंक, नेशनल हाईड्रो पावरका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा सेन्ट्रल फाइनान्स सपोर्ट माइक्रोफाइनान्स हाथवे फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।


क्लिकमान्डु