नेप्सेको सफ्टवेयर छानविन गर्न अख्तियारमा उजुरी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)ले अनलाइन ट्रेडिङ प्रणालीका लागि ल्याएको सफ्वटेयरको विरुद्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सेयर लगानीकर्ता त्रय कुमार सिटौला, माधव गौतम र ईश्वर गुरुंगले सोमबार आयोगमा नेप्सेले ल्याएको सफ्टवेयरमा अनियमितता भएको भन्दै छानविन गर्न उजुरी दिएका ह्न् । उजुरीको दर्ता नम्बर २१४२९ रहेको छ ।
उनीहरुले दर्ता गरेको उजुरीमा नेप्सेले सञ्चालनमा ल्याएको अनलाईन टे«डिङ सिस्टममा डाटा लिक, सिस्टम क्रयास जस्ता अनगिन्ती समस्या दिनानुदिन बढिरहेको उल्लेख छ ।
पछिल्लो समय लगानीकर्तामा अनालाइनप्रतिको विश्वसनियता पनि गुम्दै गएको भन्दै यसलाई छानविनको दायरामा ल्याउन ढिला भइसकेको निवेदक मध्येका कुमार सिटौलाले क्लिकमाण्डुलाई बताए ।
अख्तियारले सफ्टवेयरको खरिददेखि अहिलेसम्मको सम्पूर्ण प्रकृयाको छानबिन गर्नुपर्ने उनको भनाई छ । सफ्टवेयर ल्याएको दुई महिना भित्रैमा आईएसओ मान्यता पाउने भने पनि चारमहिनासम्म नपाएको भन्दै यसबाट कुनै न कुनै समस्या रहेको आशंका गर्न सकिने उनले बताए ।