गाउँसभा तयारीका लागि भन्दै एकहप्ता सेवा ठप्प पार्ने निर्णय



काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ ।

यही फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा तोकिएको हो । सो गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत काम गर्न नसकिने जनाएको हो ।

गाउँपालिका अध्यक्ष सलामसिं तामाङले गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजनाका सबै सेवा रोक्नु परेको बतााए । उनले भने, “गाउँसभाको तयारीका लागि हामी सबै व्यस्त हुन्छौँ, त्यसैले विभिन्न काम गर्नुपर्ने भएकाले सूचना नै जारी गरी सेवा रोकेका हौँ ।”

सार्वजनिक सूचना जारी गरी योजनाका काम रोक्न नहुने पूर्वविद्यार्थीनेता समीप त्रिपाठीले बताए । “गाउँपालिकाले काम नै रोक्नु गलत हो, यसबाट योजना सञ्चालन गरिरहेका उपभोक्ता समितिलाई समस्या परेको छ,” उनले भने । रासस


क्लिकमान्डु