सिटिजन्स बैंक र आइआरआइसीबीच तालिम संचालनसम्वन्धि सम्झौता



काठमाडाै । सिटिजन्स बैंक र आइआरआइसीबीच तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

इन्डिपेन्डेन्ट रिसर्च तथा इन्भेष्टमेण्ट कम्पनिसँग भएको यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि आइआरआइसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै आइआरआइसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु