एउटा सानो कार्ड, जसले मुक्ति दिनेछ पैसा बोक्ने झन्झटबाट



काठमाडौँ । नेपालमा सबै क्षेत्रमा भभुक्तानी गर्न मिल्ने कार्ड कहिले प्रचलनमा आउला भन्न सकिने अवस्था रहेको छैन । सरकारले एउटै नेशनल पेमेन्ट गेटवे सिस्टमको काम सुरु गरेको बताएको पनि लामै समय भएको छ ।

तर कार्डबाट भुक्तानी गर्न मिल्ने व्यवस्था भने सुरु हुन सकेको छैन । केही बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड उपलब्ध गराएका छन् । तर सबै क्षेत्रमा सो कार्डबाट भुक्तानी हुने व्यवस्था नेपालमा लागू हुन सकेको छैन ।

केही डिपार्टमेन्ट स्टोर तथा केही क्षेत्रमा मात्रै सामान्य रुपमा कार्डबाट भुक्तानी हुन सक्छ । तर संसारभर नै नगद कारोवार गर्ने प्रणाली क्रमशः हट्दै गएको छ । नेपालमा पनि केही समय लाग्ला ।

विज्ञान र प्रविधिले ल्याएको पछिल्लो विकासक्रमलाई नेपालले आत्मसात् गरेर अगाडि बढ्ला नै । तर छिमेकी देश भारत र चीनमा भने कार्डबाट भुक्तानी गर्ने प्रणालीको अत्याधिक विकास भएको छ । तपार्ए हवाई जहाजमा यात्रा गर्नुस् कार्डबाटै भुक्तानी गर्न सक्नुहुन्छ ।

डिपार्टमेन्ट स्टोरमा कुनै सामान खरीद गर्नुस् कार्ड स्वाप गरेर भुक्तानी गर्न सक्नुहुन्छ । रेष्टुरेन्ट तथा होटलमा खाजा खाना खान जानुस् तपाईलाई नगद झिक्नुपर्ने अवस्था आउँदैन ।

चीन र भारतमा कार्डबाटै भुक्तानी हुने र गरिने प्रणालीको विकास भएको छ । त्यसबाट नागरिकलाई दैनिक जीवन यापनमा समेत सहज भएको छ । यो समाचार भने भारतको हो । भारतमा एक राष्ट्र एक कार्डको अवधारणा अगाडि सारिएको छ । भारतले त्यसलाई रुपे नाम दिएको छ ।

त्यस्तो कार्डले नागरिकले सबै प्रकारको सार्वजनिक सवारी साधानमा भुक्तानी गर्न सक्नेछन् । त्यस्तो कार्ड डेविठ क्रेडिट कार्ड जस्तै रहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मेट्रो रेलमा समेत सो कार्ड चल्छ । र, भुक्तानी दिन सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने हरेक कार्ड अब नेशनल कमन मोबिलिटी कार्डका फिचर हुनेछन् । यो कुनै पनि प्रकारको मोबाइल बालेट सरह काम गर्नेछ । सो कार्ड पाउनका लागि उपभोक्ताले बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । भारतका विभिन्न २५ बैंक र तिका शाखाले त्यस्तो कार्ड उपलब्ध गराउनेछन् ।

त्यस्तो कार्ड एटिएम मेशिनमा प्रयोग गर्दा ५ प्रतिशत क्यास ब्याक हुनेछ भने विदेश जाँदा वा आउँदा मर्चेन्ट आउटलेटमा १० प्रतिशत बराबरको क्यास ब्याक हुनेछ ।

विदेशका जुनसुकै बैंक तथा वित्तीइ संस्थामा समेत चल्ने गरी प्रणाली विस्तार गरिएको भारतीय सञ्चार माध्यमहरुको भनाइ छ ।

कूल २ हजार बराबरको सपिङ गर्दा सो कार्ड मार्फत भुक्तानी गर्नु परे कुनै पिन कोड तथा अन्य सुरक्षा फिचर समेत प्रयोग गर्नुपर्ने छैन । त्यस्तो कार्डमा सुरक्षाको खतरा त छ ।

तर त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि उपायहरुको खोजी भइरहेको छ । बढी भुक्तानी गर्नु परेको खण्डमा भने पिन कोड तथा ओटिपीको जरुरी पर्नेछ ।


पुष्प दुलाल