सिटिजन्स बैंकद्वारा श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रम बिच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको ज्येष्ठमा देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलितजातिका करिव १,३२५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु