यी हुन् उत्कृष्ट हेल्थ केयर भएका विश्वका १० देश, नेपालमा कहिले हुन्छ यस्तो सुविधा ?



स्वास्थ्य नै धन हो । यो भनाई त्यतिबेला एकदमै सार्थक हुन्छ, जब मानिस रोग लागेर हैरान हुन्छ । स्वास्थ्य राम्रो राख्नका लागि मानिसको एक्लो प्रयासले मात्र सम्भब हुँदैन । उसको खानपान, वातावरण, स्वास्थ्य उपचारको राम्रो व्यवस्था भएको अस्पतालको व्यवस्था लगायत धेरै कुराले यसको निर्धारण गर्दछन ।

मानिस धनी हुँदैमा पनि उ स्वस्थ छ भन्ने हुँदैन । किनकि सबै कुरा पैसाले समस्या समाधान गर्दैन । पैसा समस्या समस्या समाधानको साधन हो । तर साध्य पक्कै होइन । त्यसैगरी कुनै पनि देश धनी छ भन्दैमा त्यो देश सबै कुरामा धनी हुन्छ भन्ने निश्चित हुँदैन ।

विश्वमै धनी कहलिएका कतिपय राष्ट्र पनि उत्कृष्ट हेल्थ केयर भएका राष्ट्रमा पर्दैनन । देशको आधारभुत मानसिक र शारिरीक स्वास्थ्य, स्वास्थ्य पुर्वाधार, स्वास्थ्यका विभिन्न मापकहरुले स्वास्थ्य सेवा कतिको प्रभाकारी छ भन्ने निर्धारण गर्छ । स्वस्थ नागरिक भएको देशको उत्पादकत्व पनि बढी हुन्छ ।

कुन कुन देश के कारण उत्कृष्ट देशमा पर्छन ?

१, लम्जेम्बर्ग

लम्जेम्वर्ग क्षेत्रफलका हिसाबले सानो भए पनि धनी छ । लक्जेम्बर्गका नागरिकको औसत आयु ८२ वर्ष रहेको छ । लक्जेम्वर्गका नागरिक र दर्ता भएको लामो बसाइ वस्ने वासिन्दाका लागि त्यहाँ निःशुल्क, उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध छ । विरामीहरुले शुरुमा मेडिकल शुल्क तिर्छन । तर पछि ८० देखि १०० प्रतिशत रकम वार्षिक फिर्ता गरिन्छ ।

२, सिङगापुर

सिङगापुरका नागरिकको औषत आयु ८३.१ वर्ष रहेको छ । त्यहाँको हेल्थ केयर व्यक्तिगत उत्तरदायित्वमा आधारित छ र सबैले बहन गर्न सक्ने हेल्थ केयरको व्यवस्था छ । सार्वजनिक र प्राइमेरी क्लिनिकमा लाग्ने खर्चको ८० प्रतिशत खर्च ३ किसिकमा बचत र इन्सुरेन्स कार्यक्रमले व्यहोर्ने व्यवस्था रहेको छ ।

३, स्वीजरल्याण्ड

सवोत्कृष्ट दशवटा हेल्थ केयर भएका राष्ट्रहरुमध्ये विश्वकै सबैभन्दा सुन्दर मानिने राष्ट्र स्वीजरल्याण्ड तेस्रो स्थानमा पर्दछ । स्वीजरल्याण्डमा अनिवार्य इन्सुरेन्समा आधारित युनिर्भसल हेल्थकेयरको व्यवस्था छ । सबै विभाग तथा प्रान्तका भागहरु लाइसेन्स वितरक, अस्पताल संयोजन सेवा, संस्था र व्यक्तिगत प्रिमियम सब्सीडाइज गर्नमा उत्तरदायी हुन्छन ।

४, जापान

जापान उत्कृष्ट हेल्थ केयर भएका राष्ट्रहरुको सुचीमा चौथो स्थानमा पर्दछ । सबैभन्दा धेरै औषत आयु भएको देशमा जापान पर्दछ । गुणस्तर हेल्थ केयर सुनिश्चित गर्नका लागि जापानको संघीय सरकारले नै हेल्थ इन्सरेन्स नियमन गर्ने गर्छ । पब्लिकको लगानी रहेका हेल्थ इन्सुरेन्सले नै वाषिर्क कुल ग्राहस्थ उत्पादनको ११ प्रतिशत प्राइमरी कभरेज गर्ने गर्दछन ।

५. नेदरल्याण्ड

उत्कृष्ट हेल्थ केयर भएका संसारका उत्कृष्ट देशहरुमा पर्ने अर्को देश हो नेदरल्याण्ड । नेदरल्याण्डले युरो कन्जुमर इन्डेक्समा १००० मा ९१६ अंकसहित लिड गरेको पाइन्छ । त्यहाँको केन्द्रिय सरकारले नै हेल्थ केयर प्राथामिकताहरु निर्धारण गर्दछ । र, त्यसको पहुँच, गुणस्तर र लागतबारे मनिटर गर्ने गर्दछ । यसले सामाजिक हेल्थ इन्सुरेन्सलाई आंशिक रुपमा वित्तिय सहयोग गर्ने गरेको पाइन्छ ।

नेदरल्याण्डले आफ्नो वार्षिक जिडिपीको करिब १०.८ प्रतिशत बजेट पव्लिकको लगानी रहेको हेल्थ इन्सुरेन्सका खर्च गर्दछ ।

६, स्वीडेन

स्वीडेनका केन्द्रिय, क्षेत्रीय र स्थानीय सरकार सबै हेल्थ केयरमा निकै चनाखो छन । केन्दि«य सरकार समग्र हेल्थ केयर नीतिका लागि जिम्मेवार छ । त्यसै गरी क्षेत्रीय निकाय स्वास्थ्य सुविधालाई फाइनान्स गरी सुविधा प्रदान गर्नमा उत्तरदायि छन भने स्थानीय सरकार बृद्ध र अपाङ्गहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा जिम्मेवार छन । वैधानिक बासिन्दाका साथै कागजात नभएका बच्चालाई समेत स्वास्थ्य अधिकार प्रदान गरिएको छ ।

७, हङकङ

उत्कृष्ट हेल्थ केयर हुने राष्ट्रहरुमा हङकङ साथै स्थानमा पर्दछ । हङकङमा परिस्थिति हेरेर निशुल्क वा थोरै शुल्कमा स्वास्थ्य सेवा प्रदान गरिन्छ ।

हङकङ सरकारले त्यहाँका स्थाइ वासीन्दा लगायत अस्थाइ वासिन्दालाई समेत निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दछ । जबकी निःशुल्क स्वास्थ्य उपचारका लागि आधुनिक पब्लिक हेल्थ केयर प्रोभाइडरहरु छान्नु पर्दछ । यदि प्राइभेट हेल्थ केयर रोजको खण्डमा सेवाग्राहीले इन्सुरेन्स किन्नुपर्ने हुन्छ ।

८, अष्ट्रेलिया

अस्ट्रेलियामा नागरिक र स्थाइ वासिन्दाहरुका लागि निशुल्क र अनुदानमा स्वास्थ्य सुविधा दिने नियम रहेको छ । केन्दि«य सरकारले प्रदेशहरुलाई बजेट दिने र अप्रत्यक्ष सहयोग गर्ने गर्दछ । त्यसैगरी प्रदेशहरुको सार्वजनिक अस्पताल, एम्बुलेन्स सुविधा, सार्वजनिक दन्त सुविधा, सामुदायिक स्वास्थ्य सुविधा, मानसिक स्वास्थ्य सेवा लगायत उत्तरदायित्व रहन्छ । स्थानीय निकायहरु सामुदायिक स्वास्थ्य र नियन्त्रणमुखि स्वास्थ्य कार्यक्रम सञ्चालनप्रति उत्तरदायि रहन्छन ।

९, इजरायल

इजरायल पनि उत्कृष्ट स्वास्थय सेवा दिने राष्ट्रहरुमा पर्दछ । इजरायल सरकार सार्वजनिक स्वास्थ्य सेवा, सरुवा रोग, स्वास्थ्य प्रबद्धन र शिक्षा, वातावरणीय स्वास्थय लगायत क्षेत्रमा संलग्न रहन्छ । सरकारले स्वास्थ योजना, अस्पताल र हेल्थ केयर प्रोफेसनलहरुको नियमन समेत गर्दछ ।

इजरायलका नाागरिकहरुले गैरनाफामुलक स्वास्थ्य योजनाहरु रोज्ने गर्दछन । विदेशी कामदारहरुलाई भने प्राइभेट इन्सुरेन्स अनिवार्य गरिएको छ ।

१०, जर्मनी

उत्कृष्ट स्वास्थ्य सेवा भएका देशहरुमा जर्मनी दशौ स्थानमा पर्दछ । जर्मनीमा सबै नागरिक र स्थायी वासिन्दाहरुका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको छ । त्यहाँ विशेष गरी दुई किसिमका स्वास्थ्य विमा योजना रहेका छन । एउटा पब्लिकको लगानी रहने योजना र अर्को प्राइभेट लगानी रहने योजना ।

पब्लिक लगानी रहने योजना नागरिकको आम्दानीको आधारमा निर्धारण हुन्छ जसले धेरै जसो स्वास्थ्य समस्यालाई सम्बोधन गर्दछ । त्यसै गरी प्राइभेट योजनाले अझ धेरै सुविधाहरुलाई समेटेको छ ।


पुष्प दुलाल