प्राइम बैंकले दियो डेक्सबेन्च र बैकिङ सम्वन्धि चेतनामूलक शिक्षा



काठमाडौ । प्राइम कमर्सियल बैंकले काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पु¥याउने हेतुले ६० वटा बेन्च डेक्स हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई उक्र सामाग्री हस्तान्तरण गरेका हुन । साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका छन । । उक्त समारोहमा संघीय संसदका माननीय सदस्य शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।


क्लिकमान्डु