नेपाल लाइफले पनि बढाउन सकेन बजार, ११ सयमा आईपुग्यो सूचक



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । गिरावट हुँदै आएको बजारलाई यो दिन नेपाल लाइफको सेयरले माथी उठाउने अपेक्षा गरिएको थियो, त्यो हुन सकेन ।

आइतबार नेपाल लाइफले लागनकिर्तालाई गत आवको नाफाबाट लगानकिर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेसँगै बजार घटेपनि यसले केही सुधार ल्याउने अपेक्षा गरिएको थियो ।

आइतबार नेप्से सूचक ४.९५ अंकले घटेर एक हजार १००.५८ बिन्दुमा झरेको छ । १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता सेयर २३ करोड ५३ लाख २० हजार ९४० रुपैयाँको सेयर किनबेच भएको छ ।

दशवटा उपसमूहको कारोबारमा होटल र जीवन बीमा समूहको सूचकमा सुधार देखिएको छ भने बाँकी सबै समूह ओरालो लागेका छन् । सबै भन्दा बढी निर्जीबन बीमा समूहको २७.७२, उत्पादन तथा प्रशोधन समूहको २३.७३, बैंकिङ समूहको ६.५९ अंकले घटेको छ ।

आइतबार कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्सले अग्रस्थानमा देखिएको छ । नेपाल लाईफको २ करोड ६० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यता दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।

यो दिन सबै भन्दा कमाउनेमा भागर्व विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा माई हाईड्रोका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा सिन्धु विकास बैंक,कृषि विकास बैंक,आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु