पाँच करोडमा बनेको स्काइजोन ब्याङ्केट सञ्चालनमा



काठमाडौं । स्काइजोन रेस्टुराँ एन्ड ब्याङकेट औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंको धुम्बाराहीस्थित रहेको ब्याङकेट सञ्चालन भएको करिब एक महिना भए पनि शुक्रबारदेखि औपचारिक उद्घाटन भएको हो ।

धुम्बाराही चोकैमा रहेको ब्याङकेटमा सुवास खड्का, विष्णु भण्डारी, चित्र कुइँकेल र गोविन्द कट्वालको साझेदारीमा करिब पाँच करोड रुपैयाँ लगानी भएको छ । विभिन्न पेसा व्यवसायसँग संलग्न व्यक्तिहरुले सुरु गरेको ब्याङकेट स्काइ जोन रेस्टुराँ एन्ड ब्याङकेट सामाखुसीको पहिलो फ्रेन्चाइ हो ।

आधुनिक सुविधासम्पन्न पार्टी प्यालेका साथै रेस्टुराँ पनि सञ्चालन रहेको बेङक्येटमा पाँच सयभन्दा धेरै ग्राहकलाई एकै पटकमा सेवा प्रदान गर्न सक्ने क्षमता रहेको ब्याङकेटका अध्यक्ष सुवास खड्काले बताए । पाँचतारे होटलमा सेफलाई लिएर रेस्टुराँ सञ्चालन गरेको बताउँदै खड्काले भने, ‘फाइभ स्टारको टेस्टलिन स्काइ जोनमा आउदा हुन्छ ।’ पूर्णरूपमा पारिवारिक वातावरण स्वदिष्ट परिकार उपलब्ध सो ब्याङकेटमा परिवारिक तथा अफिसियल कार्यक्रम गर्न सकिन्छ ।

याङकेटको शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर पाँच ‘क’ का प्रदेश सभासद नारायण सिलवालले स्वदेशमै लगानी मैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्ने बताए । उनले प्रदेश सरकार, निजी क्षेत्रलाई स्वदेशमै लगानी गराउन लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए ।

‘हाम्रा युवा शक्ति हामीले विदेश निर्यात गरिरहेका छौ । केहि अर्ब रुपैयाँ रेमिट्यान्स आयात गरिरहेका छौं । सबै भन्दा पहिले हामी आफ्नै देशमा आफ्नै आवश्यकतालाई परिपूर्ति गर्ने ब्यापार गरेर आत्मनिर्भर हुनुपर्छ’, सिलवालले भने ।


क्लिकमान्डु