बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न, मर्जरमा जाने अख्तियारी संचालक समितिलाई



काठमाडौं । कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा यहि शुक्रवार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले आ.व. २०७४/०७५ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आव. २०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती गर्नुका साथै साविक सिनर्जी फाइनान्सका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरु क्रमशः कृष्णहरी श्रेष्ठ, सुरज क्षेत्री तथा बेबीजन तिमिल्सीनाको नियुक्तीलाई समेत अनुमोदन गरिएको छ ।

सो सभाले संस्थाको संचालक समितिलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्विजिशनमा जानका लागि समेत अख्तियारी प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

साधारण सभामा शेयरधनी महानुभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ तथा जानकारी संस्थाका अध्यक्ष पदमराज न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संयूक्त रुपमा दिएका थिए ।


क्लिकमान्डु