व्यक्तिगत डाटा चोरेको भन्दै ‘टिकटक’लाई ५७ करोड जरिवाना, तपाईंको पनि चोरी भयो कि ?



काठमाडौ । के तपाईले पनि टिकटक चलाउनुहुन्छ ? कतै तपाईको बच्चामा टिकटक चलाउने लत त बसेको छैन । होसियार, टिकटक चलाउनेहरुको व्यक्तिगत डाटा चोरि भएको पत्ता लागेको छ । कतै व्यक्तिगत डाटा चोरि हुनेमा तपाई पनि पर्नु त भएन ?

पछिल्लो समय भिडियो शेयर गर्ने एपहरुमध्ये निकै लोकप्रिय बनेको छ टिकटक । तर त्यहि टिकटकले अवैधानिक रुपमा बच्चाहरुको व्यक्तिगत सूचना संकलन गरेको आरोपमा ५७ लाख अमेरिकि डलर अर्थात् ५७ करोड नेपाली रुपैयाँ जरिवाना तिुर्नपर्ने भएको छ ।

केहि समय पहिला निकै चर्चामा रहेको म्युजिकल्ली गत अगस्टमा टिकटकले लिई टिकटकका नामबाट चल्दै आएको छ । अनलाइनको नियमन गर्ने संस्था एफटिसिले उक्त एप्सले बच्चाहरुको अनलाइन प्राइभेसी सुरक्षा उल्लङघन गरेको आरोप लगाएको छ ।

विशेष गरी १३ बर्ष मुनिका बालक प्रयोगकर्ताहरुको सूचना माग्दा परिवारको सहमति माग्न नसकेको आरोप उक्त एप्सलाई लागेको छ ।

एफटिसीले भनेको छ– म्युजिकल्लीका अपरेटरहरुलाई केहि प्रतिशत प्रयोगकर्ताहरु १३ वर्षमुनिका छन भन्ने थाहा थियो र उनीहरुले प्रयोगकर्ताका परिवारबाट हजारौको सङख्यामा उजुरी समेत पाएका छन ।

बच्चाहरुको प्राइभेसिका सन्दर्भमा तोकिएको यो जरिवाना सबैभन्दा धेरै भएको समेत बताईएको छ । यो जरिवानाले बच्चाहरुलाई लक्षित गरि सञ्चालन भएका र हुने अन्य अनलाइन सुविधा र बेभसाइटहरुले हेक्का राखि अघि बढनुपर्ने समेत देखिएको छ ।

दर्ता भएका ६५ मिलियन प्रयोगकर्ताहरुमध्ये कति बच्चाहरु सूचना चुहावटबाट प्रभावित भए भन्ने कुरा खुलाइएको छैन ।


पुष्प दुलाल