नेपाली एयरलाइन्सका दुई बिजनेश टाइकुन, जसको अब एक अर्काबीच भेट हुने छैन



काठमाडौं । साउन महिनाको १८ गते बुद्ध एयरको फेसबुक फेजमा एउटा फोटो सार्वजनिक भयो ।

फोटोमा थिए नेपाली हवाई व्यवसायका दुई प्रतिस्पर्धी बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्र बस्नेत र यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा ।

फोटोमो सेतो सर्टमा उभिएका व्यक्ति आङछिरिङ शेर्पा हुन् भने फुल सर्ट लगाएका र कार्ड भिरेका व्यक्ति विरेन्द्र बस्नेत ।

ताप्लेजुङमा पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामा परेर यती एयरका अध्यक्ष शेर्पाको निधन भएको छ ।

हवाई क्षेत्रको प्रतिस्पर्धामा बुद्ध पहिलो नम्बरमा थियो भने दोस्रो नम्बरमा यती । अन्य प्रतिस्पर्धी निकै नै पछाडि थिए ।

मिडियामा कुराकानीमा बुद्ध एयरका बस्नेत आउने गरेपनि यतीका अध्यक्ष शेर्पा भने कुराकानीमा खासै आउने गरेका थिएनन् ।

पर्यटनमा लामो रिर्पोटिङ गरेका पत्रकारहरुका अनुसार शेर्पा अनौपचारिक रुपमा कुराकानी गरेपनि औपचारिक रुपमा भने कहिलेपनि कुराकानी गर्न मान्दैनथे । सबै राजनीतिक दलसँग निकट सम्बन्ध थियो ।

साउनमा सार्वजनिक भएको फोटो त्रिभुवन विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरमा खिचिएको थियो ।

जहाँ पृष्ठभूमिमा वुद्धको एक जहाज छ भने बस्नेत र शेर्पाले एक अर्कालाई अँगालो हालेर फोटोको लागि पोजसमेत दिएका छन् ।


क्लिकमान्डु